नयाँ नेपालमा आफ्नै मनोमानी “छोटो चर्चा”

नवराज पन्थी (कुवेत )    

 नयाँ नेपालमा हाम्रो नेताजीहरुले मन्च पाउन साथ आवेशमा आईहाल्छन, भिड देखेपछी त रगत तताई हाल्छन । अनी दाँया-बाँया सोंच्दैन भाषण गर्न थालिहाल्छन् । यो कुनै अनौठो कुरो होइन तर बोल्छन एकतिर काम गर्छन् अर्कोतिर । यसो गर्दा देशको स्थिती कहाँ पुग्दैछ सत्ताको लुछातानाले पत्तै पाएका छैनन । शान्ति सुरक्षा, बिकाश निर्माण र नेपाली जनताको भलो हुने काम गर्ने र सोंच्ने फुर्सद नै नभएपनी तलब र भत्ता पाकिरहेको छ काम किन गर्नु पर्‍यो । आरोप र प्रत्यारोप मात्र चल्छ राष्ट्रपती देखी मन्त्रि सम्मका बोलिमा ।

राष्ट्रपती डा. रामवरण यादव भन्नुहुन्छ, सेनापतीको कारबाही फिर्ता लिएर देशलाई गृह युद्दबाट जोगाएको । हिमाल, पहाड, तराई, मधेस कोही छैन हाम्रो आपसी एकता, सदभाव र सहमतिले नै नयाँ नेपाल बनाउन सकिन्छ । उता उपराष्ट्रपती प्रमानन्द झा आफुलाई निष्कृय बनाएर पुरा मधेशलाई सरकारले अन्याय गरेको भन्दै हुनुहुन्छ । प्रधानमन्त्री माधव कुमार नेपाल माओवादीले देशलाई अराजकता र मुठभिडको राजनीतितिर धकेलेको, आफु कसैको रिमोट कण्ट्रोलबाट नचलेको साथै “संसदबाट निर्वाचित भई पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा कठपुतली नहुने र त्यही संसदबाट म निर्वाचित हुँदा कठपुतली हुने” भन्नुहुन्छ ।

उपप्रधानमन्त्री बिजय कुमार गच्छदारले त प्रधानमन्त्री नबसेको संयन्त्रको कुनै औचित्य हुँदैन रे । मधेशी जनताको भलाइको लागि फोरम फुटाएको रे । उता बेला बेलामा चर्चामा आउने अर्की उपप्रधानमन्त्री सुजाता कोइराला संघियतामा देशलाई लानु अघि जनमत संग्रह गर्नुपर्छ भन्दै हुनुहुन्छ, किन हो कुन्नी चर्चामा आउने मेसो त होलानी, वहाँको । भएन फेरी उनै सुजाताले सरकार परिवर्तन गर्ने कुरा पनि अघी सारेर नेपाली राजनैतीक चर्चामा आएकि छिन् भनें मधेशी मन्त्रीलाई हेपेको, थोत्रो गाडी पठाएको, शान्ति सुरक्षा दिन नसकेकोले नै सिडिओलाई थप्पड हानेकी हुँ भन्दै हुनुहुन्छ, मन्त्री करीना बेगम । मन्त्री बिद्या भण्डारीले कुनै पनि हालतमा माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न हुँदैन भनेर कुर्लिदै छिन् ।

राजनैतिक खेलाडी गिरिजा प्रसाद कोईराला संयन्त्र बनाउँदै छन्, प्रचण्ड र झलनाथ पछि लाग्दैछन् आखिर के को लागि ? संयन्त्र बन्दैछ कतै सरकार बनाउने र गिराउने खेलको लागि त होइन ? गिरिजाले गरेको त आम नेपाली जनताले धेरै वर्ष हेरिसके अब छोरीको लागि नै मरिहत्य गर्दैछन् । प्रचण्ड कुर्लिए नेपाललाई स्विजरल्याण्ड बनाउँछु, चमत्कार गर्छु भनेर आखिर जुन जोगि आए पनि कानै चिरेको । दण्डहिनताको अन्त्य गर्छु, शान्ति सुरक्षा कायम गर्छु भनि माधव नेपाल तम्सिए तर न सिडिओ कुट्ने मन्त्रिलाइ कारवाही गर्न सके न त प्रहरीमा आफ्नै समकक्षीहरुबाट बलत्कारमा परेकी महिला प्रहरी सुन्तली धामीलाई नै न्याय दिलाउन सके, न त आफ्नै पार्टीकी मन्त्री बिद्या भण्डारीको बोलि नै बन्द गर्न सके ।  दरबारमा बिन्ती चढाउँदा समेत नपाएको प्रधानमन्त्री पद नेपाली राजनीतिकका माहिर खेलाडी गिरिजाको आशिर्वादले दुई दुई ठाउँबाट चुनाव हारे पनि प्रधानमन्त्री बन्न पाएका माधव कुमार नेपाललाई कुर्ची जोगाउन हम्मे-हम्मे परी रहेकोछ । माओवादी बिरोध, आरोप र प्रत्यारोप झेल्दै आएका प्रधानमन्त्रीले मन्त्री मन्डलमा हरुवाहरुलाई मन्त्री बनाएर सिङो राजनीतिमा आलोचनाको पात्र बन्नु पर्‍यो । त्यस माथि ४४ जना जम्बो मन्त्री मन्डल गठन गरेपछी त झन सत्ता टिकाउनको खातिर जसलाई पायो उसैलाई मन्त्री बनाएको पिडा पनि प्रधानमन्त्रीलाई झेल्नु परेकोछ ।

दण्डहिनता अन्त्य र हत्या हिंसा बन्द गर्छु भनेर कुर्लिए पनि प्रधानमन्त्रीको आदेश उनैका जम्बो मन्त्री टोलिका सदस्यले मानेका छैनन शायद त्यसैको प्रतिफल रक्षामन्त्री बिद्या भण्डारीले सेना समायोजन सम्बन्धी विवादित कुरा राख्दै हिंडि रहेकी छिन् । गृहमन्त्री नातावाद र कृपावाद पछी लागेर अपराधीहरुलाई कारवाही गर्न अनकनाई रहेका छन । आफ्नै पार्टीका मन्त्रीलाई मुख बन्द गर्न नसकेकाले अन्य पार्टीबाट मन्त्री भएकालाई कसरी सक्थे र प्रधानमन्त्रीले, जसको फलस्वरुप मन्त्री करीना बेगमले सिडिओ कुटिन, कलावती पासवानले यलडिओलाई बजाईन । नेपालको राजनीतिमा चर्चामा आइरहने उपप्रधानमन्त्री सुजता कोइरालाले एमालेले सत्ता कब्जा गर्न खोज्यो यो सरकार परिवर्तन गर्ने समय भएको छ भनी दिएको अभिव्यक्तिले अर्को समस्या सृजना भएको छ ।

गल्ती गर्नेलाई कारवाही गर्ने परिपाटी नबसालेको नतिजाले नै एक-एक गर्दै गल्ती गर्नेहरुको साहश मौलाउँदै गएको छ । राज्यमन्त्रीहरु पनि आफुहरुले काम गर्न नपाएको नाम मात्रको मन्त्री भनी पदबाट निलम्बन गर्न आग्रह गरिरहेका छन । कतीपय मन्त्रालयमा त मन्त्री र राज्यमन्त्रीहरुको बोलचाल सेमत छैन । कहिल्यै मन्त्रालयमा मन्त्री र सचिवको कुरा मिल्न सकी रहेको छैन यसले प्रधानमन्त्री माधव कुमार नेपाललाई अप्ठ्यारोमा पारी रहेको छ । नयाँ नेपालमा जसले जे बोले पनि हुने, जसले जे गरे पनि हुने प्रविर्तिको बिकास भई रहेको छ । यस्तो परिपाटीको अन्त्य नहुँदासम्म जती नै सरकार परिवर्तन भए पनि, जो सुकै मन्त्री बने पनि, जसले प्रधानमन्त्री बनी सरकारको नेत्रित्व गरे पनि केही हुने वाला छैन ।

नयाँ नेपालमा नेताहरुको आफ्नै मनोमानि

नबराज पन्थी (कुबेत)      

    

 नयाँ नेपाल मा हाम्रो नेताजिहरुले मन्च पाउन साथ् आबेशमा आ इहाल्छन भिड देखे पछी त रगत तताइ हाल्छन । अनी दाँया बाँया सोच्दैन भाषाण गर्न थालिहाल्छन्। यो कुनै अनौठो कुरो होइन। तर बोल्छन एकतिर काम गर्छन् अर्को तिर यसो गरी गरी देशको स्थिती कहाँ पुग्दैछ सत्ताको लुछातानाले पत्तै पाएका छैनन।शान्ति सुरच्या बिकास् निर्माण र नेपालि जनताको भलो हुने काम् गर्ने फुर्सद् त हुदैन् भत्ता तलब् पाकिरहेकोछ काम किन् गर्नु पर्यो। आरोप् र प्त्यारोप् मात्र चल्छ सुन्नुत रास्ट्र्पति देखि मन्त्रि सम्मका बोलि  रास्ट्पती डा रामबरण याद्ब भन्नुहुन्छ। सेनापती को कारबाही फिर्ता लिएर देशलाई गृह युद्द बाट जोगाएको हिमाल पहाड तराइ मधेस कोही छैन पराइ एकता सदभाब सहमतिले नै नयाँ नेपाल बनाउन सकिन्छ। उता उपरास्टपती प्रमानन्द झा आफुलाई निस्क्रिए बनाएर पुरा मधेशलाई सरकारले अन्याय गरेको भन्दै हुनुहुन्छ। प्रधानमन्त्री माधव कुमार नेपाल माओवादी ले देशलाई अराजक्ता र मुठभिडको राजनीतिक तिर धकेलेको आफु कसैको रिमोट्कण्ट्रोलबाट नचलेको र समसद्बाट निर्बाचित भई पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा क ठपुतली नहुने तेही ससद्बाट म निर्बाचित हुँदा कठ्पुतली हुने भन्नुहुन्छ। उपप्रधानमन्त्री बिजय कुमार गच्छदार ले त प्रधान मन्त्री नबसेको सम्यन्त्रको कुनै औचित्य हुँदैनरे। मधेशी जनता को भलाइको लागि फोरम फुटाएकोरे। उता बेलामा चर्चामा अौने अर्की उपप्रधानमन्त्री सुजाता कोइराला संघियतामा देशलाई लानु अघी जनमत सङ्र्ह गर्नु पर्छ। भन्दै हुनुहुन्छ।किन हो कुन्नी चर्चाइमा अौने मेसो त होलानी। भएन फेरी सरकार परिवर्तन गर्ने कुरा पनि अघी सारेर नेपाली राजनीतिमा चर्चामा आएकिछिन् भने  मधेशी मन्त्रिलाई हेपेको थोत्रो गाडी पठाएको शान्ति सुरक्षा दिन  न सकेको ले सिडिओ लाई नै थप्पड हानेको रे भन्दै  हुनुहुन्छ मन्त्री करीना बेगम, मन्त्री बिद्या भण्डारी ले कुनै पनि हालतमा माओबादी सेनालाइ नेपाली सेनामा समायोजन् गर्न् हुदैन् भनेर् कुर्लिदै छिन् । राजनितीक् खेलाडी गिरिजा सम्यन्त्र बनाउदैछन् प्रचण्ड् र झलनाथ् पछि लाग्दैछन्। आखिर् के को लागि सम्यन्त्र बन्दैछ कतै सरकार् बनाउने र गिराउने खेलको लागित होइन्।गिरिजाले गरेको त नेपालि जनताले धेरै बर्स हेरिसके अब् छोरीको लागि नै मरिहत्य गर्दैछन्। प्रचण्ड कुर्लिय स्विजरल्याण्ड् बनाउछु नेपाल्लाइ, चमत्कार् गर्छु भनेर् आखिर् जउना जोगि आए पनि कानै चिरेको दन्ड हिन्ता को अन्त गर्छु शान्तिसुरक्या कायम् गर्छु भनि माधब् नेपाल् तम्सिए तर् न सिडिओ कुट्ने मन्त्रि लाइ नै कारबाहि गर्न सके नत प्रहरी मा आफ्नै साथिहरुबाट् बलत्कारमा परेकि सुन्तलि धामिलाइ नै न्याय् दिन् सके । नत आफ्नै पाटी मन्त्रि बिद्या भण्डारिको बोलि नै बन्द गर्न् सके दरबार  मा बिन्ती चाडाउदा पनि नपाएको प्रधान मन्त्री पद नेपाली राजनीतिकका माहिर खेलाडी गिरिजाको आशिवद्ले दुई दुई ठाउबाट चुनाब् हारे पनि प्रधानमन्त्री बन्न पाएका माधव कुमार नेपाललाई कुर्ची जोगाउन हम्मे हम्मे पारी रहेकोछ माओवादी बिरोध आरोप प्त्यारोप झेल्दै आएका प्रधान मन्त्रिले मन्त्री मन्डलमा हरुवा हरुलाई मन्त्री  बनाएर सिङो राजनीतिकमा आलोचनाको पात्रो बन्नु पर्‍यो तेस माथि ४४ जना जम्बो मन्त्री मन्डल गठन गरे पछी त झन सत्ता टिकाउन जसलाई पायो उस्लाई मन्त्री बनाएको पिडा मन्त्री हिजो आज झेल्नु परेकोछ। द न्ड हिन्ता अन्त र हत्या हिन्सा बन्द गर्छु भनेर कुर्लिय पनि  न प्रधान मन्त्रिको आदेश उनै का जम्बो मन्त्री टोलिका सदस्यले माने तेसैको प्रतिफल रक्या मन्त्री बिद्या भण्डारी ले सेना समा योजन सम्बन्धी बिबादित कुरा राख्दै हिडिरहेकी छि न् । ग्रिय मन्त्री नाताबाद् कृपाबाद्को पछी लागि  अप्रराधिहरुलाई कारबाही गर्न अंकनाइ रहेकाछन। आफ्नै पाटी एमालेबाट मन्त्री भएकालाई मुख बन्द गर्न नसक्नेले तेत्रा पाटिबाट मन्त्री भएकालाई कसरी सक्थेर प्रधान मन्त्री ले। तेसैको प्रतिफल करीना बेगमले सि डि ओ कुटिन । कलावती पासवा नले यल डि ओ लाई बजाइन ।नेपालको राजनीतिकमा चर्चा मा आइरहने उपप्रधानमन्त्री सुजता कोइरालाले एमालेले सत्ता कब्जा गर्न खोज्यो यो सरकार परिवर्तन गर्ने समय भएको छ भनी दिएको अबिब्यक्तिले अर्को समस्या श्रीजना भएकोछ। गल्ती गर्नेलाई कारबाही गर्ने पारीपाटी नबसालेको नतिजामा एक पछी एक गरी मौलाउदै गएकोछ। राज्य मन्त्रिहरु पनि आफुहरुले काम गर्न नपाएको नाम मात्रको मन्त्री भनी पद्बाट निलम्बन गर्न आघ्र्ह गरिरहेका छन। कती मन्त्रालयमा मन्त्री र राज्यमन्त्रिहरुको बोलचाल सेम त छैन। कहियै मन्त्रालयमा मन्त्री र सचिब को कुरा मिल्न सकी रहेको छैन यस्ले प्रधानमन्त्री माधव कुमार नेपाललाई अफ्थारामा पारीरहेकोछ। नयाँ नेपालमा जस्ले जे बोले पनि हुने जस्ले जे गरे पनि हुने प्रबिर्तिको बिकास भाईरहेकोछ।यस्तो पारीपाटिको अन्त नहुँदा सम्मा जती सरकार परिवर्तन भए पनि जो सुकै मन्त्री बने पनि जस्ले प्रधानमन्त्री बनी सरकारको नेत्रित्व गरे पनि केही हुने वाला छैन

कुवेतमा हुने सास्कृतिक कार्यक्रमको अब भब्य रुपमा तयारी हुदै

मनोज काफ्ले ‘मनसुन’ / कुवैत

यहि आउदो अप्रिल ९ तारिख सुक्रबार को दिन पारेर नेपाल कुवैत सास्कृतिक मंच ले तय गरेको सास्कृतिक कार्यक्रमको अब भब्य रुपमा तयारी भै रहेको छ यो बृहद सास्कृतिक कार्यक्रम कुवैतकै ईतिहास मा पहिको पटक हुन लागेको र यो कार्यक्रम पहिलेको भन्दा भिन्नै अति नै मनोरन्जनात्मक तरिकाले प्रस्तुत हुने नेपाल कुवैत सास्कृतिक मंच कुवैत का अध्यक्ष श्री मनु भुजेलले जनाकारी गराउनु भयो l कुवैत मा लुकेर बसेको आफ्नो गला र कला पस्कनको लागी नेपाल कुवैत सास्कृतिक मंचले संगीत पारखी लाइ सदैव सहयोग गर्दै आएको छ र नव प्रतिभा युक्त कलाकार हरुलाईपनी आफ्नो प्रतिभा देखाउने सुवर्ण अबसर दिदै यस मंचले कुवैत मा यो भव्य सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो l

कुवेतमा पेशारत राष्टिय स्तरका कलाकार हरुको प्रमुख संलग्नतामा हुने यो कार्यक्रम हेर्न को लागि भने कुवैतबासी नेपाली हरुले अझै केहि दिन कुर्न पर्ने छ l संगीत जीवन हो खुसी हो दु:खको सहारा हो झन् देश छोडेर परदेशमा रहनु पर्दा अझ गीत र संगीत को धेरै माया लाग्छ कुवैत मा पेशारत नेपाली दाजु भाइ दिदी बहिनी हरुलाई भरपुर माया ममता र मनोरंजन दिने उदेस्यले यो कार्यक्रम नेपाली नयाँ वर्ष २०६७ को अवसर मा नयाँ साल को स्वागतार्थ गरिएको हो l राष्टिय स्तरका लोक तथा दोहोरी गायक राजेन्द्र बिरही को प्रमुख आकर्षण रहने यो सास्कृतिक कार्यक्रम अब दिन गनेर नजिकिदै नजिकिदै आएको छ साह्रै राम्री रैछौ रन नी एल्बम बाट नेपालमै रातारात चर्चामा आउन सफल उनै लोक तथा दोहोरी गायक राजेन्द्र बिरही अब कुवैत मा पनी लोक पारखी हरुको दिल को धड्कन बन्न सफल हुनु भएको छ यस सास्कृतिक कार्यक्रममा अरुपनी ख्याती प्राप्त राष्टिय स्तरका कलाकारहरुले भाग लिदै हुनुहुन्छ l लुकेर छिपेर परदेशका कुनाकुनामा रहेर पनी हाम्रो नेपाली सास्कृति लाइ मायाँ गर्नु हुने नेपाली दाजु भाइ दिदी बहिनीहरुलाई नेपालकै झझल्को दर्साउने खाले यो सास्कृतिक कार्यक्रममा सहभागी भै पूर्ण मनोरंजन लिन नेपाल कुवैत सास्कृतिक मंच बिनम्र अनुरोध गर्दछ l

मनोज काफ्ले ‘मनसुन’ / कुवैत

मेरो जून सिर्फ तिमी र म

  सुषमा मानन्धर (अनुभूति)

माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथाको साङ्गे गर्ने दिन थियो । अनि यो रात देखिने चन्द्रमा वर्ष कै सबैभन्दा उज्यालो र ठूलो आकारको हुने रहेछ ।

जीवन न कथा हो न कुनै कविता, मात्र एउटा भोगाइ हो आ–आफ्नो । देखे सुनेका त्यही भोगाइलाई कतिले गीत बनाई गाएका छन्, कतिले कथा बनाई अरुलाई सुनाएका छन् । कथा भनेर मैले लेख्ने कुनै टुक्रा मेरो लागि कल्पना हुन सक्छ, कसै न कसैका विगत वा वर्तमानको कुनै अंश । कसैका भोगाइ पढ्नु एउटा कुरा हो, त्यसलाई महशुश गर्न सक्नु अर्को कुरा । अरुलाई महशुश गर्न भावुक मन पनि चाहिन्छ । अनुभूति विनाको हतारको कुनै पढाइ अक्षरहरुका पहाड लाग्छन्, यसको चढाइ अझ उत्तिकै पट्टयार लाग्दो र समय लाग्ने हुन्छ । अक्षरहरुमा डुबेर जब तिमीले आत्मसात गर्न सक्छौ अरुका भावनाहरुलाई,ती शब्द तिम्रो अस्तित्व बन्छ र तिमी आफै पनि त्यसको कुनै एक पात्र । रात जब आँखामा निंद्राले डेरा सारेको हुंदैन, आँखाहरुले हेरेर नभ्याइने आकाशको विशाल टापुमा एउटा छुट्टै आकर्षण मैले पनि पालेकी छु । पर….. कुनै क्षितिजीय दूरीबाट उठेको तिम्रो दृष्टि पनि ताराहरुको भीड छिचोल्दै जूनलाई नै खोजिरहेको हुन्छ, तिमीले कुनै दिन यही भनेका थियौ मलाई । आकाशमाथि हामीले हेर्ने तिम्रो र मेरो जून उही हो, एउटै । सांच्ची, हामीले यसरी हेर्दै जूनलाई खोजेका हुन्छौं या एक अर्कालाई ? जुन दिनदेखि थाहा पाएकी छु तिमी जूनका कुराहरु बढी गर्छौ भन्ने, जूनलाई हेर्ने आकांक्षा र जूनलाई पाउने अदम्य लालसा मभित्र पनि अझ बढी गाढा हुन थालेको छ । हरेक रातको विशाल कालो पर्दाभरि सितारा टाँसे जस्तै चम्किएका लाखौं ताराहरुबीच म प्राय चिरपरिचित र नक्षत्र विज्ञानमा पढिएका ताराहरुले बनाउने अनेकौं आकृतिहरु खोजिरहन्छु। ती अनुहार र आकृतिहरु, माथि आकाशमा आज त्यहाँ हुन्छन्, भोलि हुन्नन्, पछि फेरि केही अन्तरालमा अन्तै देखिन्छन् । समय आफ्नै गतिमा घुमिरहेको के यो एउटा प्रमाण हैन र ? यी ताराहरुसंग उदाउंदै हरेक पन्ध्र दिनसम्म फेरिदै जाने आकाशमाथिको त्यो मनमोहक जून, पूर्णिमाको रात जब आफ्नो पूर्ण यौवनमा हुन्छ, नियालेर कहिल्यै अघाउँदिन म । दुधिलो, शान्त, स्निग्ध र शीतल रश्मी यति कोमल कि मानौं सेता गुलाफका कोमल पत्रहरु सुस्तरी वर्षिएका हुन्छन् । के तिमीले सम्झेका छौ, अस्ति पानी परेर निख्री सकेपछिको सगर ? नीलो आकाशमाथि कनिका झैं छरिएका पिलपिल बल्ने ताराहरु, सम्मोहक जून, त्यो संगै अलि मास्तिर एउटा चम्किलो तारा अनि जूनलाई आधै छेल्ने गरी एक थुप्रो सेता बादल … …। जूनका कुरा, त्यो पनि गाढा रात, तारा र सेता काला बादलका हल्का रेशमी थुम्काका प्रसंग बिना, पूर्ण कहाँ हुन्छ र ? पक्कै तिमी मग्न भएर हेर्दै थियौ त्यो जूनलाई एकटक लाएर । म पनि त्यही बेला त्यो जूनलाई हेर्दै थिएँ । हामीले हेरेका थियौं एकै समयमा, त्यो जूनलाई…! जूनले हामीलाई … जूनभित्रबाट हामीले एक अर्कालाई । सेता पातला बादलुको खास्टो ओढी ताराहरु टिम्टिमाएको, म आज नियास्रो आकाश नियाल्दैछु र ती सम्भावित दिशाहरुमा पनि खोज्दैछु जूनलाई, जुन ठाउँबाट तिमी यति बेला जून देखिन्छ भन्ने गर्थ्यौ । तर आज यथास्थानमा छैन जून । त्यसो त यो संधै एकै ठाउँबाट मात्र देखिने कहाँ हो र ? समय, ऋतु, फरक अक्षांश र देशान्तरभित्र जूनले पृथ्वीलाई परिक्रमा गरिरहन्छ, हामी घुमिरहन्छौं । यही परिक्रमाभित्र तिम्रो, मेरो जूनले एउटा वृत बनाइरहन्छ झिनो रेखाबाट फेरिंदै एउटा सग्लो वृतमा । औंसीको कालीमाबाट बढ्दै एउटा मादक जुनेली रात आउँदासम्म मैले धेरै पर्खाइ भोगिसकेकी हुन्छु । ऊ हेर…भर्खरै माछाको कत्ला जस्ता बादलसँग लुकामारी खेल्दै झुलुक्क देखापरेको जून फेरि बिलायो बादलको ओतभित्र। किन छेकियो जुन! अनायसै मन दुख्छ, लाग्छ शायद तिमी रिसायौ। जून नहुँदा तिमी देखिन्नौ, शायद छेलिन्छौ थुप्रै बादलका परतहरुले। म पर्खिरहन्छु पुनः जूनको आगमनको, जब यसले मेरो जलनलाई शीतल गर्छ र मलाई सम्मोहित पनि। म चाहन्छु, जून सिर्फ मेरै आँखा अगाडि रहोस, मेरै आकाशमाथि तर हेर्दा हेर्दै जून मेरो आँखा अगाडिको आकाशबाट सर्दै ओझेल हुन्छ हर रात। म विवश, रोक्न सक्दिन उसलाई। न त मेरो चाहनाले जून अडिन्छ। शायद त्यही भएर होला आफ्नो निरीहपना लुकाउन,यो मदेखि लुकिरहन्छ बारम्बार। तिमी खिन्न हुन्छौ आफूलाई पनि परेको यही अनुभव मलाई सुुनाउँदा, हाम्रो साझा पीडा। जुन नहुँदाको हाम्रो दुखाइ। साँझ आकाशको कुनै पनि छेऊबाट उदाएदेखि तिमी जूनलाई सम्पूर्ण सम्मोहनले तानिरहन्छौ, किन स्पष्ट भन्न सक्दैनौ तिमी, त्यो जूनलाई हैन मलाई भनेर। अँध्यारो गाढा हुन पाएको हुन्न अचेल आँखाहरु अनायसै आकाशमा उठछन् र जूनलाई खोज्न थाल्छन्। कैलेकाहीँ घण्टौंको प्रतिक्षापछि पनि जब जून देखिंदैन,धमिलो बाक्ला बादल मुनि लुकेर के यसले मेरो धैर्यताको परिक्षा लिंदै छ, या तिमीले? बादल नलागेको खुला रातमा टुट्दै गरेका ताराहरु…तिमीले पनि त्यहीबेला आँखाले देखुन्जेल हेरेका होलाऊ, मनमनै केही मागेका होलाऊ। शब्दमा अव्यक्त तिम्रा इच्छाको कम्पन मैले तिम्रो ओठमा देखिरहेछु। त्यो तातो, नरम र आमन्त्रण गर्ने ओठमा कुनै नाम थियो तर कसको? झ्यालमाथिको आकाशमा आइपुगेको छ अहिले जून, ठीक त्यहंीनिर जहाँ विछ्यौनामा पल्टेरै म त्यो जून र त्यसको सुन्दरता हेर्न सक्छु। सफा नीलो आकाशमा कपास म्कैं हल्का रेशमी बादलका धर्काहरुमा बग्दै उत्रंदै गरेको मोहक जून कति मादक छ! सम्पूर्ण प्रेम वर्षाएर जून मलाई हाउभाउमा सम्मोहित गरिरहेछ। कल्पना गरिरहेछु— अनिंदा आँखाहरुले तिमीले पनि हेरिरहेछौ जूनलाई, कि जून छिचोली मलाई? जूनको शीतल किरण नरम, न्यानो र मादकता, के यो मात्र मेरो सोचाइ हो, सिर्फ एउटा भावुक अनुभूति? काला टाटा भैकन पनि किन जूनको त्यो सौन्दर्य औधि राम्रो लाग्छ मलाई, किन थाक्दैनन् र अघाउँदैनन् यी आँखाहरु हेरेर उसलाई। शायद ज्ाूनमा मन र मायाको अभिव्यक्ति भएर होला। कोही भन्छन्, जूनप्र्रतिको आसक्तिमा मानिस भावुक बन्छ रे, मन त्यसै द्रवित र उदाश उदाश हुन्छ रे। के त्यसो भए तिमी पनि भावुक छौ त जून खोज्ने,जून रोज्ने र जून नियाल्ने म जस्तै? सम्वेदनशील मान्छेको मन जून जस्तै कोमल हुन्छ भन्छन्। त्यो हृदय जहाँ आँखा हैन अनुभूति हुन्छ,त्यसले देख्दैन तर छुन्छ। मन मुटु र भावनाको प्रतिक जून, तर जून आफैभित्र के छ त? त्यहाँ केही र कोही छैन सिवाय ठूला साना खाल्डाहरु, विज्ञान यही भन्दछ। तर म त्यहाँ धेरै देख्छु। त्यहाँ विश्वास र आस्था देख्छु, पर्खाइ र प्रेम देख्छु, व्याकुलता र पीडा देख्छु। यस्तो लाग्छ,जून मलाई संधै अव्यक्त भाषामा केही भनिरहन्छ कि जून भएर तिमीले? जब जब छट्पटिन्छु जूनलाई हेर्न पुग्छु…अनि जूनबाट तिमीलाई। तिमी पनि समर्पित जून हेरिरहेछौ, र मलाई। तिमीलाई राम्रोसँग थाहा छ, तिम्रो र मेरो आकाशमा दोस्रो अर्को जून छैन र हुनै सक्दैन। एउटा कुरा स्पष्ट छ, चाहे तिमीले जहाँ कहींबाट पनि हेर त्यो जूनलाई त्यो निश्चित् समयमा… सधैं नै मैले पनि हेरिरहेकी हुन्छु मेरो जूनलाई। त्यो जून, मात्र एउटा जून नभै एउटा माध्यम पनि बनेको छ तिमीलाई हेर्ने। तिमी छौ त्यो जूनको पार्श्वमा जून हेर्दै, जून भएर मलाई। तिमी संधै जून हेर्न चाहन्छौ, म चाहन्छु अनि निसन्देह हामीले एक अर्कालाई। तिमी हर रात जून भएर आउँछौ। जूनको आगमनमा मलाई तिम्रो आउनुको अनुभूति हुन्छ। म जान्दछु, यो रात पनि तिमी जुनको टहटहमा जून पढिरहेछौ। म आज अहिले पनि यहाँ निस्तब्ध रातमा कोठाभित्र झ्यालका पारदर्शी पर्दा हटाई ती बग्रेल्ती मसिना ताराहरु,त्यो ठूलो चम्किलो तारा र बादलको थुप्रोनिर आधा छेलिएको जूनलाई तिमीले झैं नियालिरहेछु। जून भएर तिमीलाई नियालिरहेछु। आफ्ना भाग लगाइने समयहरुलाई उबारेर एकै छिन भए पनि कौसीको डीलमा बसी, कोठाको भित्तामा अडेसिएर, बरण्डामा वा झयालको पारदर्शी सीसाभित्रबाट सुकोमल,सुकुमार त्यो जूनलाई एकोहोरो नियाल्दै जूनको समय, सम्वेदनशील भएर जिउन पनि कम्ती मीठो हुँदैन। मधुरो प्रकाशमा तिम्रो कोठाको झ्यालको पर्दा सुस्तरी हल्लिएको छ भर्खरै, फेरि चियाएका छौ तिमीले जूनलाई र जूनबाट मलाई। अझै पनि आफूलाई खोल्न नसकेका तिमी,शायद तिम्रै मन अभिव्यक्तिको आकर्षणमा बाँधिएर मेरो जून, म पनि तिमीलाई हेरिरहेछु। यहां अहिले यो जमेको निस्तब्ध रातमा हामीवीच बनेको समिकरणभित्र सिर्फ जून छ अनि तिमी र म। मेरो जून… सिर्फ तिमी र म

एकाग्र चित्त र त्यसको शक्ति

Quantcast 

मनोज काफ्ले (कुवेत)
 
“उत्तम विचारमा आधारित लेख” 
 
मानिसका मनमा सदैव नयाँ बिचार उत्पन्न हुँदै रहन्छन मानव शास्त्रका वेत्ताहरुले के शिद्द गरेका छन भने मानिस जो श्वास लिन्छ ती प्रतेक श्वासमा तिन-तिन नयाँ बिचार उत्पन्न हुन्छन अर्थात् १ मिनेटमा ४८ देखि ५४ सम्म नयाँ विचार उत्पन्न हुन्छन । बन्दुकमा छर्रा भरेर छोड्नाले चारैतिर भरिएर कुनै परिणाम हुँदैन तर उनै छर्राको गोली बनाएर छाड्नाले भयङ्कर परिणाम हुन्छ वायु जल विधुत अग्नि आदिका परमाणु जबसम्म भिन्न-भिन्न भएर फैली रहन्छन तबसम्म तिनमा केहिपनि शक्ति देखा पर्दैन तर तिनलाई एकत्र गर्नाले तिनमा अदभुत शक्ति उत्पन्न भई तिनैबाट ठुला-ठुला अशक्य काम पनि सजिलै गर्न सकिन्छ । त्यस्तै नै विचारहरुको शक्तिपनि अपरिमित, अप्रतिहत र अपतर्क्य छ । तर जबसम्म ति अनेक विषयमा फैलिरहन्छन तबसम्म तिनको केहि पनि फल हुँदैन यदि तिनको अध्यानबाट विरोध गरियोस वा त्यो विचारको प्रवाहालाई रोकेर एउटै वस्तु माथि स्थिर गरिन्छ भनें तिनमा अदभुत शक्ति अवश्य उत्पन्न भएर साधक जुन वस्तुको कल्पना गर्दछ त्यो उसको सङ्कल्प बाटै प्राप्त हुन्छ । त्यसैले हामी जहाँ जसरी भए पनि एक भएर सदा अरुको सहयोगमा लागि पर्नु पर्दछ, २ दिनको लागि बाँच्नु छ त, तँतँ र मम किन गर्नु ??
 

मनोज काफ्ले (मनसुन)

नयाँ नेपालमा प्रदेशको नाम र राजधानी

पुरानो नेपालमा १४ अञ्चल थिए। अब नयाँ नेपालमा पनि १४ नै प्रदेश हुने भएछन्। संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिको हिजो बसेको बैठकले १४ प्रदेश बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ। समितिमा प्रस्तुत भएको १४ र ६ मध्ये कुन प्रदेश रहने भन्ने अवधारणासम्बन्धी मत विभाजनका आधारमा निर्णय भएको थियो। चौध प्रदेशका पक्षमा २४ मत परेको थियो। यस अनुसार मधेशमा दुई प्रदेश रहने भएको छ। प्रदेशको नाम र राजधानी के के हुने त ? 

 खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी),

लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही),

जडान प्रदेश (राजधानीः सिमीकोट),

कर्णाली प्रदेश (राजधानीः वीरेन्द्रनगर),

मगरात प्रदेश (राजधानीः तानसेन),

तमुवान प्रदेश (राजधानीः पोखरा),

नारायणी प्रदेश (राजधानीः भरतपुर),

ताम्सालिङ प्रदेश (राजधानीः चौतारा),

नेवाः प्रदेश (राजधानीः काठमाडौँ),

मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर),

सुनकोसी प्रदेश (राजधानीः कमलामाई),

किराँत प्रदेश (राजधानीः त्रियुगा),

लिम्बुवान प्रदेश (राजधानीः इलाम)

सेर्पा प्रदेश (राजधानीः सोलु)

रोकिंदैन पत्रकारको कलम

नबराज पन्थी “पाल्पाली” (कुबेत)

पत्रकार सधैँ निडर र निर्भीक हुन्छन् र हुनुपर्छ । तर, अहिले देशको परिस्थिति त्यस्तो छैन । त्यसै पनि चुनौतीपूर्ण यो पेशा पछिल्लो समय असुरक्षित समेत छ । पत्रकार र पत्रकारिता जहिले पनि स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने पाठ पढेका पत्रकारहरू लेखेकै भरमा कुनै पनि बेला आक्रमण, अपहरण र हत्या हुनसक्छ भन्ने त्रासका बीच बाँच्न विवश छन् । स्वतन्त्र पत्रकारिताको नारा जति लागे पनि स्वतन्त्र भएर लेख्न सहज छैन ।

देश पुनर्संरचनाको मोडमा भएका बेला पत्रकारले निर्वाह गर्नुपर्र्ने जिम्मेवारी र दायित्व धेरै छन् । तर, हातहरू तरबारले काटिन र औंलाहरू ब्लेडले चिरिन थालेपछि कसरी चलाउने कलम, कसरी गर्ने स्वतन्त्र र निष्पक्ष पत्रकारिता ? अहिले पत्रकारले आफ्नो धर्म निर्वाह गर्न पनि धेरै पटक सोच्नुपर्छ । कुनै-कुनै घटनाबारे लेख्नु अघि प्रतिक्रिया कस्तो आउँछ भन्ने पूर्वानुमान गरेर आफूलाई सेन्सर गर्नुपर्ने बाध्यता छ । हरेक विकृति र विसङ्गतिका पछाडि कुनै न कुनै रूपमा राजनीतिक दलको संरक्षण वा संलग्नता देखिन्छ ।

डेकेन्द्र थापादेखि शुरु भएको मोफसलका पत्रकारमाथिको आक्रमण वीरेन्द्र साह, उमा सिंह हुँदै टीका बिष्टमा आइपुगेको छ । अहिलेसम्म यी कुनै घटनाका अपराधी माथि कारबाही भएको छैन । दण्डहीनता यति मजबुत छ, मुलुकमा सरकार छ- छैन, कानुनले काम गर्छ- गर्दैन थाहा हुन छाडिसकेको छ । दुर्घटनामा परेपछि समवेदना प्रकट गरिदिने बाहेक पत्रकारको सुरक्षाको कुनै ग्यारेन्टी छैन । आफ्नो अनुकूल भए जनपत्रकारिता नभए प्रतिगामीकारिता ! कुनै न कुनै पार्टीको छातामुनि नबसे पत्रकारहरू सुरक्षित हुने अवस्था छैन । प्रेस चौतारीमा हुने पत्रकारको युथ फोर्सले, प्रेस युनियनमा हुनेको तरुण दलले, क्रान्तिकारी पत्रकारको वाईसिएलले सुरक्षा गर्लान्; तर कसैको छातामुनि नभएका स्वतन्त्र र व्यावसायिक पत्रकारको सुरक्षा कसले गर्ने ? यस्तो त्राहिपूर्ण वातावरणको असर भर्खर यो क्षेत्रमा उत्साहपूर्वक आइरहेका पत्रकार माथि अझ् बढी छ । पत्रकारितामा आउन र आए पनि प्रतिबद्ध भएर टिकिरहन नसकेका पत्रकार माथि एकपछि अर्को आक्रमण र हत्या हुन थालेपछि परिवारले पनि उनीहरूलाई यो पेशामा आउन रोक लगाइरहेका छन् ।

सशस्त्र समूहको त्रास, मुलुकको दण्डहीनता, सरकारको अक्षमताले पत्रकारलाई स्वतन्त्र रूपमा कलम चलाउन नदिएको हो । कृष्ण सेनलाई गुमाउने थिएनौ, डेकेन्द्र थापाका अपहरणकारी र हत्यारालाई कारबाही भएको भए वीरेन्द्र साह, उमा सिंहले मर्नुपर्ने, टीका बिष्ट माथि आक्रमण हुने थिएन; कलम चलाउनेले तरबार चलाउनेसँग डराउनुपर्ने थिएन, संचारकर्मीले हत्केलामा ज्यान राखेर काम गर्नुपर्ने थिएन । तैपनि पत्रकार यी चुनौतीको सामना गर्दै अग्र मोर्चामा रहेर तथ्यसत्य समाचार प्रवाह गरिरहेका छन् र गरी नै रहने छन्, डरले पत्रकारले लेख्न छाड्दैनन् र छोड्न पनि हुँदैन । रोकिदैन पत्रकारको कलम सधैं नदी झै सलल सलल बगिरहनेछ !!!

साहित्य र पत्रकारिता बारे छोटो चर्चा

मनोज काफ्ले (कुवेत)
 

नेपाली पत्रकारिताको विकास साहित्यिक-पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामी बीच छ । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहाँस उल्लेख गर्दै नेपाली साहित्यिक-पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रामाणिक प्रति उपलब्ध छैन । नेपाली साहित्यिक-पत्रकारिताको इतिहाँस र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्वरूप र चरित्रमा प्रवाहित रहेको छ ।

नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक-पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महत्वपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली साहित्यिक-पत्रकारिता र भारतीय नेपाली साहित्यिक-पत्रकारितालाई पृथक-पृथक अस्तित्वमा देख्नुपर्दछ । पत्रकारिता र साहित्यि पत्रकारिताकै एउटा विशिष्ट रूप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरूमाझ पस्कन्छ । व्यङ्गमय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमीनारहरू वा सम्मेलन, पत्रपत्रिका सम्पादन-प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरूको प्रचार-प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरूलाई साहित्यिक-पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ ।

त्यसैले समग्र सांस्कृतिक उन्नतिका लागि व्यङ्गमयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक-पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक-पत्रकारिताको समानान्तर विकास हुँदै आएको छ । दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । जहाँसम्म प्रवासमा रहेका नेपालीहरूद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं प्रकाशनहरूको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ ।

सुन्दरी -१९६३), माधवी -वि.सं. १९६५), चन्द्र -१९७१), जन्मभूमि -१९७९), उदय -१९९३) र युगवाणी -२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरूद्वारा प्रकाशित हुन् । प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक-पत्रकारिता विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक-पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको छ । अझ अहिले त परदेशमा रहेर आफ्नो साहित्यलाई सगरमाथामा पुर्‍याउन समेत पछी परेका छैनन् । विभिन्न देशमा रहेर नेपालीले आफ्नो देशको माया र ममतालाई अंगालेर साहित्यको र पत्रकारिताको कलम अझै तिखो पारे साहित्यिक यात्राको बाटो धेरै कसिलो भएर जानेछ भन्ने मलाइ लाग्दछ ।

मूर्ख हो बन्दको नाटक बन्द

बन्द गरेर जनताको समर्थन देखाउँछु भन्या होला, बन्द नगरे गाडी फोर्ने, पसल फोर्ने काम नगरे त कसले पो बन्द गर्थ्यो होला । दबाबमा बन्द गराउने अनि आफ्नो आफ्नो समर्थन छ भनेर देखाउने ? नेपाली जनतालाई भेंडा नै ठानेका छन् बा यी नेताहरुले । एउटा आयो फलानो कुरो चाहिन्छ भनेर बन्द गर्‍या छ, अर्को आयो त्यही कुरो दिन हुन्न है भनेर बन्द गर्‍या छ । कति नाटक हेर्ने हो हामीले ? वाहियात! यही महिनामा मात्रै दुई वटा बन्द भए । अस्ति १७ गते आदिवासी जनजाति वृहत मोर्चाले बन्द गर्‍यो अनि आज बन्द गरेको छ राष्ट्रिय जनमोर्चाले । एउटाले संघीयताको समर्थनमा बन्द गरेका थिए, अर्कोले विरोधमा । दुवै पटक बन्द भए, के बन्दलाई जनमत संग्रह ठानेका छन् उनीहरुले ? बाध्यतामा र दबाबमा बन्द गरेकाहरुलाई समर्थन ठानेका छन् उनीहरुले ? यी नेताहरुको बुद्धि कहिले आउने होला खै ?? अब संघीयताको विरोधमा बन्द गरेको विरोधमा संघीयता समर्थकहरुले अर्को बन्द गर्ने होलान् ? त्यसको विरोधमा संघीयता विरोधीहरुले अर्को बन्द ? बन्द गरेर माग पूरा गर्न लगाउने यो तरिका नै बन्द गर्ने चाहिँ कसले होला खै ? वहाँ फेरि डल्लै अर्को बन्द त बाँकी नै छ- माघ १० गतेदेखिको माओवादीको बन्द । यो बन्द त झन् अनिश्चितकालीन पो रे त, उफ ! उनीहरुले पनि राष्ट्रियताका लागि बन्द गर्न लाग्या रे, यिनीहरु अर्थात् आज बन्द गरेकाहरुले पनि राष्ट्रियताका लागि नै बन्द गर्न लाग्या रे । बन्द गर्दैमा राष्ट्रियता बलियो हुने क्या गज्जबको काइदा जानेका हगि यी नेताहरुले !

Follow

Get every new post delivered to your Inbox.